default_image

12 months ago

October 25, 2023

म्यानचेस्टर युनाइटेडको जितमा ओनाना नायक

1347 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा पेनाल्टी बचाएसॅगै युरोपेली च्याम्पियन्स लिग सिजनको समूह चरणमा म्यानचेस्टर युनाईटेडले पहिलो जित दर्ता गरेको छ ।

पहिलो दुवै खेलमा हार बेहोरेको युनाईटेडले अन्तिम समयमा गोलरक्षक आन्द्रे ओनानाको पेनाल्टि बचाउको मद्दतले एफसी कोपनहेगनलाई १-० ले हराएको हो ।

युनाइटेडको जितमा एकमात्र गोल डिफेन्डर ह्यारी मग्वायरले गरेका थिए । पहिलो दुई खेलमा क्रमसः बायर्न म्युनिख र गालातासाराय सँग पराजय भोगेको युनाइटेडलाई समूह चरण पार गर्ने दौडमा कैयम रहन जित निकाल्नै पर्ने दबाब थियो । घरेलु लिगमा पनि सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको युनाइटेडको च्याम्पियन्स लिगमा पनि सुरुवात भने राम्रो रहेको थिएन ।

तर घरेलु मैदान ओल्ड ट्र्याफोर्डमा भएको गएरातिको खेलमा भने युनाइटेडले जित हासिल गरेको हो । खेलमा पाहुना टोली कोपनहेगनले युनाइटेड लागि सहजताका साथ भने खेल्न दिएको थिएन ।

पाँचौं मिनेटमा कोपनहेगनका गोन्कालभेसले पोस्टमा प्रहार गरेका थिए । १६औं मिनेटमा युनाइटेड स्ट्राइकर रास्मस होइलन्डको प्रहार क्रसबारमा लाग्यो ।

५०औं मिनेटमा लेरागरको प्रहार युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले राम्रो बचाउ गरे । ५४औं मिनेटमा क्रिस्टियन एरिक्सनको प्रहार कोपनहेगन गोलरक्षक ग्रबाराले उत्कृष्ट बचाउ गरेर बचाए ।

७२औं मिनेटमा भने युनाइटेडले अग्रता लियो । ह्यारी मग्वायरले एरिक्सनको क्रसमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए ।

तर खेलको अन्तिम समयमा युनाइटेडले पेनाल्टी दिन पुग्यो। स्कट मक्टोमिनेले अन्तिम समयमा कोपनहेगन सामु खेल बाट एक अंक निकाल्ने मौका दिएका थिए । तर जोर्डन लारसन पेनाल्टीमा गोल गर्न बाट चुके । उनको प्रहार गोलरक्षक आन्द्रे ओनानाले बचाउ गरेका थिए ।

जितसँगै युनाइटेडको समूह चरणमा ३ अंक दर्ता भएको छ । युनाइटेड ३ अंक सहित तेस्रो स्थानमा छ । गएराति जित हासिल गरेको बायर्न म्युनिख तीन खेलमा सत-प्रतिसत नतिजा सहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको गालातासारायको दुई खेलमा ४ अंक छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.