default_image

11 months ago

October 23, 2023

युभेन्ट्सले मिलानलाई हरायो

354 views

0 Bookmark

एजेन्सी – एसी मिलानलाई पराजित गर्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ १० खेलाडीमा समेटिएको घरेलु टोली मिलानलाई १–० ले पराजित गर्दै युभेन्ट्सले शीर्ष टोली इन्टर मिलान र एसी मिलानसँगको अंक दुरी छोट्याएको हो ।

युभेन्ट्सको जितमा दोस्रो हाफमा म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६३औं मिनेटमा टिमोथी वेहको पासमा गोल गर्न सफल भएका थिए ।

मिलानोमा आइतबार राति भएको खेलको ४०औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुगेको थियो । डिफेन्डर मलिक थिअले पेनाल्टी बक्समा मोइस किनलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । त्यसपछि दवावमा आएको मिलानमाथि युभेन्ट्सले दोस्रो हाफमा गोल गर्दै जित निकाल्न सफल भयो ।

यस जितले युभेन्ट्स ९ खेलबाट २० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित मिलान २१ अंकसहित दोस्रो स्थानमा छ । युभेन्ट्ससँगको हारसँगै मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । शीर्षस्थानको इन्टरको २२ अंक छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.