default_image

11 months ago

October 23, 2023

बार्सिलोनाको संघर्षपूर्ण जितमा १७ वर्षीय स्ट्राइकर नायक

1318 views

0 Bookmark

एजेन्सी – स्पेनिस लालिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिक क्लब बिल्वाओलाई पराजित गरेको छ।

संघर्षपूर्ण खेलमा बार्सिलोनाले बिल्वाओलाई १-० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा सोही खेलमा डेब्यु गरेका १७ वर्षीय मार्क गुयुले गोल गरेका हुन्।

खेलको १०औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसको पासमा जोआओ फेलिक्सले गरेको प्रहार क्रसबारको माथिल्लो भागमा लागेर बाहिरियो। १५औं मिनेटमा फर्मिन लोपेजको प्रहारलाई बिलबाओ गोलरक्षक उनाई सिमोनले उत्कृष्ट बचाउ गरे। २०औं मिनेटमा फेलिक्सको बक्स बाहिर बाट लिएको प्रहार सिमोनले सहजै बचाए।

५९औं मिनेटमा फर्मिनको अर्को प्रहार पोस्टको माथिबाट बाहिरियो। ६३औं मिनेटमा लमिन यमालको प्रयासले पनि पोस्टको दिशा लिन सकेन। ७५औं मिनेटमा जोआओ क्यान्सेलोको प्रहारमा सिमोन पुनः बाधक बने।

त्यसको एक मिनेट पछि इनाकी विलियम्सको भली बार्सिलोना गोलरक्षक मार्क आन्द्रे टर स्टेगनले पोस्टको माथि धकेले। पहिलो हाफको थपिएको समयमा निको विलियम्सको प्रहार टर स्टेगनले खुट्टाले बचाए।

अन्ततः खेलको निर्धारित समयको १० मिनेट बाँकी रहँदा बार्सिलोनाले खेलमा अग्रता लियो। ८०औं मिनेटमा एक मिनेट अघि मैदान प्रवेश गर्दै बार्सिलोनाका लागि डेब्यु गरेका १७ वर्षीय युवा स्ट्राइकर मार्क गुयुले अग्रता दिलाए। जोआओ फेलिक्सको थ्रु-पासमा उनले बिलबाओ डिफेन्स पछाडि रन बनाउँदै गोल गरेका थिए।

जित सँगै बार्सिलोनाले यस सिजनको लिगमा अपराजित यात्रा कायमै राखेको छ। साथै चिर प्रतिद्वन्दी रियल म्याड्रिड संगको अंक दूरी समेत घटाएको छ।

बार्सिलोना १० खेलमा २४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। २५ अंक सहित रियल म्याड्रिड र जिरोना क्रमश: पहिलो र दोस्रो छन्। म्याड्रिडले शनिबार राति सेभिल्ला सँग १-१ को बराबरी खेलेको थियो।

लालिगामा बार्सिलोनाले अर्को साता रियल म्याड्रिडकै सामना गर्दै छ। सो ‘एल क्लासिको’ अघि भने दुवै टोली युरोपेली च्याम्पियन्स लिगका खेलहरुमा सामेल हुनेछन्।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.