default_image

11 months ago

October 22, 2023

रोनाल्डोको गोलमा अल नासरको पूनरागमन जित

2031 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको दर्शनीय गोलसँगै अल नासरले साउदी प्रो लिगमा पूनरागमन जित निकालेको छ ।

अल नासरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर डमाक एफसीमाथि २–१ को पूनरागमन जित निकालेको हो । अल नासरको जितमा रोनाल्डोसँगै एन्डरसन टलिस्काले गोल गरे । डमाकका जर्ज केभिन एनकोउडोउको गोल सान्त्वना बन्यो ।

अल एवल पार्क किङ साउद युनिभर्सिटी रियादमा शनिबार राति भएको खेलको पहिलो हाफको थप गरिएको चौथौ मिनेटमा जर्ज केभिन एनकोउडोउको गोलबाट अल नासर पहिलो हाफमा १–० ले पछि पर्यो ।

त्यसपछि दोस्रो हाफमा अल नासरले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै पूनरागमन जित निकाल्न सफल भयो । ५२औं मिनेटमा एन्डरसन टलिस्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५६औं मिनेटमा रोनाल्डोले करिव ३० यार्डमा प्राप्त फ्रिकिकमा दर्शनिय विजयी गोल गर्दै अल नासरलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यस जितसँगै अल नासरले आफ्नो अपराजित यात्रालाई १२औं खेलसम्म लम्ब्याएको छ । १९ अगस्ट २०२३ मा अल ताओनसँग २–१ ले पराजित भएयता अल नासरले आर भोगेको छैन । जसमा ११ जित र १ बराबरीको नतिजा छ ।

यस जितले अल नासर १० खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान २२ अंक भएपनि अल एहेली गोलअन्तरमा पछि छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ४ अंकले तथा दोस्रो स्थानको अल ताओनसँग १ अंकले पछि छ । पराजित डमाक १० खेलबाट १० अंकसहित ११औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.