default_image

11 months ago

October 20, 2023

गाजामा नरसंहार अन्त्य गर्न सलाहको आग्रह

539 views

0 Bookmark

एजेन्सी – इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सलाहले गाजामा भइरहेको ‘नरसंहार’ तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

गाजा शहरको अल–अहली अरब अस्पतालमा भएको विस्फोट पश्चातको आक्रोशको बीचमा ३१ वर्षीय फरवार्डले बुधबार इजरायल–गाजा द्वन्द्वको बारेमा पहिलो पटक टिप्पणी गरे । ‘यस्तो समयमा बोल्न सजिलो हुँदैन। अहिले धेरै हिंसा र धेरै क्रुरता भइरहेको छ’, सलाहले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भने।

इजिप्ट राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका उनी प्यालेस्टिनीहरूको पक्षमा नबोलेको भन्दै आलोचनामा परेका थिए ।
‘हालैका हप्ताहरूमा भएका वृद्धिहरू असहनीय छ । सबै जीवन पवित्र छन् र सुरक्षित हुनुपर्छ । नरसंहार रोक्न आवश्यक छ, परिवारहरू टुक्राटुक्रा हुँदैछन्’, उनले थपे ।

लिभरपुलबाट च्याम्पियन्स लिग र प्रिमियर लिग जितेका सलाह अरब क्षेत्रका लोकप्रिय खेलाडी मध्ये एक हुन् । हमास समूहले इजरायलमा अकस्मात आक्रमण गरेपछि अक्टोबर ७ देखि गाजामा तनावग्रस्त स्थिति रहिआएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.