default_image

11 months ago

October 17, 2023

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

10402 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढेको हो । नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबारको खेलमा नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेपनि दोस्रो हाफको सुरुवातमै अग्रता लिएर जितको आधार तय गरेको थियो । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै टोली उतारेका थिए ।

१२ औं मिनेटमा दिनेश हेन्जनले फ्रि-किक मा क्रस गरेको बल लाओस गोलरक्षकले सजिलै समाते । १७ औं मिनेटमा लाओसका माइकल भाङको प्रहार नेपाली कप्तान किरण चेम्जोङले राम्रो बचाउ गरेर टारे ।

२२ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा उत्सव राईले बक्समा खाली रहेको अवस्था बाट गरेको हेडर पोस्टको माथिबाट बाहिरियो । ३९ औं मिनेटमा लाओसका चोनि वेनपासर्थको बक्स भित्र बाट लिएको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ४२औं मिनेटमा वेनपासर्थबाट आएको प्रहार किरण चेम्जोङले सजिलै बचाए ।

पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिने अर्को अवसर पाएको थियो । दिनेशको क्रसमा अनन्त तामाङले गरेको प्रहार सटिक हुन नसक्दा ६ यार्ड बक्सभित्र पुगेको बलमा कुनै नेपाली खेलाडी पुग्न सकेनन् ।

५३ औं मिनेटमा नेपालले अग्रता लियो । अन्जन विष्टले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको पासलाई मनिषले पहिलो टचमा गोलको दिशा दिँदै अग्रता दिलाए ।

८२ औं मिनेटमा अन्जनको हेडर प्रयास पोस्टभन्दा थोरै परबाट बाहिरियो । इन्ज्युरी समयमा कप्तान किरणले सानदार बचाउ गर्दै नेपालको अग्रता कायम राखे । कर्नरबाट सुरु भएको मुभमा किरणले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार आफ्नो बायाँ तर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.