2 years ago
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओस विरुद्धको पहिलो खेलमा नेपालले धेरै स साना गल्ती गरेको बताएका छन् । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार पत्रकार सम्मेलनमा उनले नेपालले मंगलबार हुने खेल जित हासिल गर्ने लक्ष्य राखेको बताएका छन् ।
‘पछिल्लो खेल निकै निराशाजनक रह्यो। हामीले पहिलो हाफमा धेरै स साना गल्ती गर्यौं, हामीले त्यसमा काम गरेका छौं’, किरणले भने,’ हामीले राम्रो तयारी गरेका छौं र अगाडि बढ्नको लागि जित हासिल गर्ने लक्ष्य राखेका छौं।’
मंगलबारको खेल नेपालका लागि निकै महत्वपुर्ण खेल हो । विश्वकप छनोट चार वर्षमा एक पटक खेलिने गर्छ । छनोटमा जति अगाडि बढ्न सक्यो, त्यति नै राष्ट्रिय फुटबलमा सुधारको सम्भवना रहन्छ । नेपालले पछिल्लो पटक विश्व कप छनोटको तेस्रो चरणसम्म खेलेको थियो । अस्ट्रेलिया, जोर्डन जस्तै बलियो प्रतिद्वन्दी हरु संग प्रतिस्पर्धा गरेको थियो । मंगलबार जित्न नसकेमा नेपाली फुटबल टोलीले बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्न चार वर्ष कुर्नु पर्ने हुन्छ।
कप्तान किरणले दशैंको मौकामा नेपाली समर्थकहरुलाई सकारात्मक नतिजा दिन चाहेको बताएका छन् । ‘यो निकै महत्वपूर्ण खेल हो र हामी सुन्दर फुटबल खेल्न चाहन्छौं’, किरणले थपे, ‘टोलीको मुड राम्रो छ र केटाहरू भोली राम्रो गर्न उत्प्रेरित छन्। हामी दशैं मनाउदै गरेका नेपालमा रहेका समर्थकहरुलाई राम्रो नतिजा दिन चाहन्छौ।’
नेपाल र लाओसबीचको खेल साँझ ५ः४५ बजे सुरु हुने छ । खेलको ९० मिनेट सम्ममा कुनै टोलि विजयी भए स्वतः अगाडि बढ्ने छ । तर ९० मिनेट सम्म पनि नतिजा आउन नसके खेल ३० मिनेटको थप समयमा जाने छ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।
April 26, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थन्डर्स भिड्दैछन् । प्रतियोगिताको उपाधिका लागि ललितपुर कागजी रुपमा दाबेदार रहँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि पनि यिनै दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत सिजन ललितपुरले उपाधि जित्दा टोलीका कप्तान अनन्त तामाङ […]
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट […]
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा नेपाल पुलिस क्लबलाई शुक्रवार १-० ले पराजित एपिएफ विजयी भएको हो। इन्ज्युरी समयमा गीता रानाले गरेको हेड गोलमा एपिएफलाई विजयी बन्यो । गीता प्लेयर अफ द फाइनल घोषित भइन् । विजेता एपिएफले ५ लाख ५ हजार […]