8 years ago
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल पुलिसले सिएमजी क्लब संकटाविरुद्ध १–० को अग्रता लिएको थियो ।
रवि पासवानले ३३ औं मिनेटमा गरेको गोलमा पाँच पटकको च्याम्पियन पुलिसले अग्रता लिएको थियो । मैदानको दायाँबाट रविले क्रस गरेको बल गोलमा परिणत भएको थियो । रविको प्रहार संकटाका गोलकिपर विनयले रोक्नुअघि गोल भइसकेको थियो ।
पहिलो हाफमै बराबरी गर्ने मौका संकटाले गुमएको थियो । इन्जुरी समयमा दीपेश श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्केको थियो । रिबाउन्डमा विश्वास श्रेष्ठको प्रहार पोस्टमाथिबाट बाहिरीएको थियो ।
आहा गोल्डकपको सर्वाधिक सफल पुलिस २०६६ यता फाइनल पुग्न सकेको छैन । त्यस्तै संकटा यसअघिका दुई सहभागितामा क्वार्टरफाइनल सम्म पुगेको थियो ।
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]