default_image

1 year ago

October 14, 2023

सैनिक एक्सपर्ट एकता गोल्डकपको सेमिफाइनलमा

358 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको नव प्रतिभा युवा क्लबलाई हराउँदै सैनिकले अन्तिम चारमा स्थान पक्का गरेको हो । सैनिकले दमकलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको सुरुवाती अग्रता सैनिकले लिए पनि दमकले बराबरी गोल फर्काएको थियो । खेलको १२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङको क्रसलाई कप्तान दुर्लभ तिवारीले हेडरमार्फत सिधै जाली चुमाएका थिए । तर, ४० औँ मिनेटमा दमकका ससेस राईले उत्कृष्ट प्रहार गर्दै खेललाई बराबरीमा फर्काएका थिए । ५२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङले एक गोल थप्दै आफ्नो टिमको जित निश्चित गरेका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच सैनिक एफसीका अभिषेक गुरुङ भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले ३ हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगितामा झापाका ८ वटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो टोली ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।बिर्तामोड, असोज २७ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको नव प्रतिभा युवा क्लबलाई हराउँदै सैनिकले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए । उत्कृष्ट फिनिसिङ र लयमा रहेका युव खेलाडीले भरिएका दुवै टिमको खेल आकर्षक थियो । सैनिकले दमकलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको सुरुवाती अग्रता सैनिकले लिए पनि दमकले बराबरी गोल फर्काएको थियो । खेलको १२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङको क्रसलाई कप्तान दुर्लभ तिवारीले हेडरमार्फत सिधै जाली चुमाएका थिए ।
तर, ४० औँ मिनेटमा दमकका ससेस राईले उत्कृष्ट प्रहार गर्दै खेललाई बराबरीमा फर्काएका थिए । ५२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङले एक गोल थप्दै आफ्नो टिमको जित निश्चित गरेका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच सैनिक एफसीका अभिषेक गुरुङ भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.