default_image

11 months ago

October 14, 2023

एमबाप्पेको २ गोलमा फ्रान्स विजयी

1237 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फुटबलर किलियन एमबाप्पेको २ गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको छ। फ्रान्सले डच टोली माथि २-१ को जित निकालेको हो।

खेलको सातौं मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाए। जोनाथन क्लसको सुन्दर क्रसमा बललाई जालीको दिशा देखाउँदै उनले पहिलो गोल गरेका थिए।

५३औं मिनेटमा एमबाप्पेले सानदार गोल गर्दै अग्रता दोब्बर बनाए। उनले बक्स बाहिर बाट सटिक प्रहार गर्दै नेदरल्याण्ड्स गोलरक्षक बार्ट भरब्रुग्गन लाई बिट गरेका थिए।

खेलको ८३औं मिनेटमा नेदरल्याण्ड्सका कुइलिन्डिश्चि हार्टमानले एक गोल फर्काए पनि खेलमा फ्रान्सले जित हासिल गर्यो।

समूह बि मा रहेको फ्रान्सले ६ खेलमा सबै खेल जित्दै यूरो कपका लागि छनोट समेत भएको छ। सोही समूहमा दोस्रो स्थानमा रहेको ग्रीसको १२ अंक रहँदा एक खेल कम खेलेको नेदरल्याण्ड्सको नौं अंक छ।

एमबाप्पे सर्वाधिक गोलकर्ताको तालिकामा चौथो स्थानमा उक्लिएका छन्। उनले ७२ खेलमा ४२ गोल गरेका छन् । उनले मिचेल प्लाटिनीले गरेको ४१ गोललाई पछि पारेका हुन्।

फ्रान्सका सर्वोत्कृष्ट गोलकर्ता ओलिभियर जिरुडको ५४ गोल रहेको छ। दोस्रो स्थानमा रहेका थियरी हेनरीको ५१ गोल रहँदा एन्टोआन ग्रिजम्यानको ४४ गोल छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.