9 years ago
September 21, 2015
किर्गिस्तानमा आयोजित ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली भोली बिहान नेपाल आइपुग्ने कार्यक्रम रहेको छ|
पहिलो खेलमा जोर्डनलाई २-१ले हराएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र किर्गिस्तानलाई ४-२ले हराएको थियो| समुहको अन्तिम खेलमा ओमानसंग ३-१को हार व्यहोरेपनि समुह उपविजेता बनेको नेपाल अन्तिम चरणमा पुगेको हो|
प्रतियोगिताको नियमानुसार उत्कृष्ट चार उपविजेता भारतमा हुने अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउने छन्|
बिहान ७ बजे टर्किस एअरलाइन्समा नेपाल अवतरण गर्ने कार्यक्रम रहेको एन्फाले जानकारी दिएको छ| यससंगै एन्फाले दर्शकहरुलाई पनि विहान विमानस्थलमा उपस्थित भएर खुशी साटासाट गर्न अनुरोध गरेको छ
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]