default_image

11 months ago

October 13, 2023

ब्राजिल बराबरीमा रोकियो

2254 views

0 Bookmark

एजेन्सी – अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ ।

ब्राजिल घरेलु मैदानमा भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि डिफेन्डर गाब्रिएलले गोल गर्दा भेनेजुएलाका इडवार्ड बेलोले बराबरी गोल फर्र्काए ।

एरिना पान्टानाल माटो ग्रोसो ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले खेलको सुरुवातदेखि नै भेनेजुएलालाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।

५०औं मिनेटमा गाब्रिएलले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए । तर, ब्राजिल अन्तिम पाँच मिनेट सम्हालिन सकेन ।

८५औं मिनेटमा परिवर्तित खेलाडी इडवार्ड बेलोले गोल गर्दै ब्राजिललाई जितबाट वञ्चित गराए । ८०औं मिनेटमा स्यामुइल सोसाको स्थानमा मैदान छिरेका उनले मैदान पसेको पाँच मिनेटमै जेफर्सन साभारिनोको पासमा गोल गर्न सफल भएका थिए ।

भेनेजुएलासँग बराबरीमा रोकिएसँगै विश्वकप छनोटमा ब्राजिलको घरेलु मैदानमा जितको यात्रामा पूर्णविराम लागेको छ । यसअघि ब्राजिलले घरेलु मैदानमा भएको विश्वकप छनोटमा १४ खेलमा जित निकालेको थियो ।

यस बराबरीले ब्राजिलले शीर्षस्थानको अर्जेन्टिनासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । अपराजित रहेको ब्राजिलको ३ खेलबाट ७ अंक छ । समान खेलबाटै शीर्षस्थानको अर्जेन्टिनाको ९ अंक छ । ब्राजिललाई बराबरीमा रोकेको भेनेजुएला ३ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा छ ।

अन्य नतिजा
कोलम्वियाविरुद्ध उरुग्वे (२–२)
अर्जेन्टिनाविरुद्ध पाराग्वे (–०)
बोलिभियाविरुद्ध इक्वेडर (१–)
चिलीविरुद्ध पेरु (–०)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.