default_image

11 months ago

October 13, 2023

अर्जेन्टिनाले पाराग्वेलाई हरायो

2790 views

0 Bookmark

एजेन्सी – विश्व च्याम्पियन अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले छनोटमा लगातार तेस्रो जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा खेलको सुरुमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्यो ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा ओटामेन्डीले खेलको तेस्रो मिनेटमा नै रोड्रिगो डि पउलको पासमा गोल गर्न सफल भएका थिए ।

पाहुना टोलीविरुद्ध अर्जेन्टिनाले ७५ प्रतिशत बल पोसेसन राख्दै लगातार दवा सिर्जना गरेपनि थप गोल गर्न नसक्दा ओटामेन्डीको त्यही गोल नै अर्जेन्टिनालाई ३ अंक बटुल्न पर्याप्त रह्यो ।

यस जितसँगै अर्जेन्टिना ३ खेलबाट ३ जितसहित ९ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा शीर्षस्थानमा रहेको छ । पराजित पाराग्वे १ अंक जोडेर नवौं स्थानमा छ ।

छनोटमा दक्षिण अमेरिकाका १० राष्ट्र रहेका छन् । सबै राष्ट्रले एक आपसमा खेल्नेछन् । छनोटमा शीर्ष ६ रहने टोली विश्वकपमा छनोट हुनेछ । सातौं स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

अन्य नतिजा
कोलम्वियाविरुद्ध उरुग्वे (२–२)
बोलिभियाविरुद्ध इक्वेडर (१–)

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.