default_image

11 months ago

October 13, 2023

हालान्ड चम्कदा नर्वेको सानदार जित

2037 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ ब्राउट हालान्डको सानदार प्रदर्शनमा नर्वेले युरो कप २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।

नर्वेले घरेलु टोली साइप्रसमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नर्वेको जितमा हालान्डले दुई गोल गर्दा एलेसान्दार सोर्लोथ र फ्रेडरिक अर्सनेसले समान एक गोल गरे ।

एइके एरिना साइप्रसमा बिहीबार राति भएको खेलको ३३औं मिनेटमा सोर्लाेथको गोलबाट नर्वेले अग्रता लिन सफल भयो । ६५औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर पारे । उनले फ्रेडरिकको पासमा गोल गर्न सफल भए ।

७२औं मिनेटमा एन्टोनियो नुसाको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दे नर्वेलाई सहज जिततर्फ अघि बढाए । नर्वेको राष्ट्रिय टोलीबाट हालान्डको यो २७औं क्यापमा २७औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यसपछि ८१औं मिनेटमा फेडरिकले गोल गर्दे नर्वेको जित पक्का गरे । यस जितले नर्वेले युरो कप २०२४ मा छनोट हुने सम्भावना जीवितै राखेको छ ।

यस जितसँगै नर्वे समूह ‘ए’ मा ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित साइप्रसले ६ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।

स्पेन विजयी

यही समूहको अर्काे खेलमा स्पेनले स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । स्पेनको जितमा अल्भारो मोराटा र ओइहान सानसेटले गोल गरे । युरो छनोटमा स्कटल्यान्डको यो पहिलो हार हो ।

सेभिलमा बिहीबार राति भएको खेलको ६०औं मिनेटमा स्कटल्यान्डका स्कट म्याकटोमिनेले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ७३औं मिनेटमा मोराटाले जेसस नाभासको पासमा गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए ।

८६औं मिनेटमा ओइहानले गोल गर्दै स्पेनको जित पक्का गराए । यस जितले स्पेन ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पहिलो हार बेहोरेको स्कटल्यान्ड १५ अंक जोडेर शीर्षस्थानमा यथावत छ ।

अन्य नतिजा
समूह ‘डी’ – लात्भियाविरुद्ध अर्मेनिया (–०) र क्रोएसियाविरुद्ध टर्कीए (०–)
समूह ‘ई’ – अल्वानियाविरुद्ध चेकिया (३–०) र फारोई आइल्यान्डविरुद्ध पोल्याण्ड (०–)
समूह ‘आई’ – एन्डोराविरुद्ध कोसोभो (०–) र बेलारुसविरुद्ध रोमानिया (०–०)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.