default_image

11 months ago

October 12, 2023

इजरायलबाट साम्बा स्वदेश आइपुगिन्

433 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायल गएकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बुधबार राती ११:०० बजे स्वदेश आइपुगेकी छिन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्केकी हुन् ।

साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि स्थगित भएपनि उनी फर्कन लागेकी हुन् । क्लबले तदारुकता देखाउँदै टिकटको प्रबन्ध गरेर पठाएको उल्लेख गर्दै साम्बाले स्थिति सहज भएपछि पुन: इजरायल जाने बताइन् ।

त्रिभुवन विमानस्थलमा उनलाई अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिइन् । साम्बाले इजरायलमा मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै आफन्तजनमा धर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिन् ।

साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छिन् । गत साता उनको गोलमा टोली हाराबाट जोगिएको थियो । चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।

साम्बा सम्मलित टोलीले लिगका ४ खेलमा १ मा जित, २ मा बराबरी र १ खेल खेलमा हार बेहोरेको छ । ५ अंकका साथ टोली अंक तालिकाको पाँचौ स्थानमा छ ।

युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी गराएको थियो ।

स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताइएको छ । इजरायललमा शनिबार बिहानैबाट भएको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाएका छन् । गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्वदेश फर्केपछि विमानस्थलमा सम्बासँगको अन्तरवार्ता :

September 8, 2024

जर्मनीको फराकिलो जित

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा फराकिलो जित निकालेको छ । ग्रुप थ्रीमा जर्मनीले शनिवार हङ्गेरीमाथि ५-० को जित निकाल्यो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा निकोलस फ्युलक्रुग, मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्ज गोल गरे । जर्मनीका निकोलस फ्युलक्रुगले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा मुसियालाले गोल […]

September 8, 2024

नेसन्स लिगमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – इङ्ग्ल्यान्डले युइएफए नेसन्स लिगको गणतान्त्रिक आयरल्यान्डलाई हराएको छ। ग्रुप–टुमा शनिवार भएको खेलमा इङ्ग्ल्यान्ड २-० ले विजयी भएको हो। टोलीलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले गोल‌ गरे। राइसले ११ औं र ग्रेलिसले २६ औं मिनेटमा गोल गरेका हुन्। कार्यवहाक प्रशिक्षक लि कार्ल्सलीको नेतृत्वमा इङ्ग्ल्यान्डले सफलता प्राप्त गरेको हो। गेराथ साउथगेटले छोडयता इङ्ग्ल्यान्डको […]

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

Success

Thank you for your time.