default_image

11 months ago

October 10, 2023

३२ वर्षको उमेरमा हाजार्डको सन्न्यास

1821 views

0 Bookmark

एजेन्सी – बेल्जियन फुटबलर इडेन हाजार्डले ३२ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा मार्फत उनले सन्न्यास घोषणा गरेका हुन् ।

चार वर्षमा रियल म्याड्रिडका लागि ७६ खेल खेलेका उनी यसै जुन महिनामा कन्ट्रयाक्ट सकिएपछि क्लब विहिन थिए । रियल छोडेपछि उनले सन्यासको संकेत गर्दै आएका थिए । अन्ततः ३२ वर्षको उमेरमा उनले व्यवसायिक फुटबल छाडेका हुन् ।

केही इंग्लिस क्लबहरुले उनलाई ल्याउन उत्सुकता देखाएपनि उनको चोट इतिहासका कारण भित्राएनन् । सन् २०१९ मा १ सय २० मिलियन युरो ट्रान्सफर फिमा उनी इंग्लिस क्लब चेल्सी बाट रियल पुगेका थिए । तर पहिलो सिजन देखि नै उनको रियल बसाई चोट कारण सहज हुन सकेन ।

इन्स्टाग्राममा लामो पोस्ट मार्फत, पूर्व चेल्सी स्टारले खेलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्,‘ तपाईंले आफैलाई सुन्नुपर्छ र सही समयमा रोकिनु पर्दछ । १६ वर्ष र ७ सय भन्दा बढी खेल खेलेपछि मैले व्यावसायिक फुटबलरको रूपमा करियर अन्त्य गर्ने निर्णय गरेको छु । म आफ्नो सपना साकार गर्न सफल भए । मैले विश्वका धेरै रंगशालामा खेलेको र रमाइलो गरेको छु । मेरो खेल जीव्नमा उत्कृष्ट प्रशिक्षकहरू साथीहरूलाई भेट्न पाउँदा भाग्यशाली रहे । यी उत्कृष्ट समयको लागि सबैलाई धन्यवाद, म तपाईंहरू सबैलाई मिस गर्नेछु ।’

हाजार्डले गत वर्ष विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए। रियलको चार वर्ष बसाईमा उनले च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपेली सुपर कप, दुई ला लिगा उपाधि, एक कोपा डेल रे र दुई स्पेनिस सुपर कपको उपाधि जिते । रियलमा ७६ खेलमा उनको ७ गोल मात्र गर्न सके ।

उनी २०१२ मा चेल्सी गएका थिए । उनले चेल्सीका लागि ३ सय ५२ खेलमा १ सय १० गोल गरेका थिए । २००८ मा लक्जमबर्ग विरुद्ध आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका हाजार्डले १ सय २६ खेलमा बेल्जियमका लागि ३३ गोल गर्दा ५६ खेलमा राष्ट्रिय टोलीको कप्तानी समेत गरेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.