default_image

1 year ago

October 10, 2023

काठमाडौं रेर्जस महर्जनकै प्रशिक्षणमा उत्रने

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेर्जसले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणका लागि पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

समकालिन प्रशिक्षकमा सबै भन्दा सफल प्रशिक्षक महर्जनकै प्रशिक्षणमा काठमाडौं रेर्जसले एनएसएलको उपाधि जितेको थियो। महर्जनकै प्रशिक्षणमा यो सिजन चर्च ब्वाईज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

नेपाली राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्ड कप, थ्री नेसन्स कप जिताएका महर्जनले यु २३ लाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा स्वर्ण र यु १९ लाई साफ च्याम्पियनसिपको उपाधि दिलाए थिए ।

हालै चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) नेपाली महिला टोलीको प्रशिक्षण सम्हालेका थिए । काठमाडौं रेर्जसले महर्जनलाई पुन: नियुक्त गर्न पाउँदा खुसी लागेको जनाइएको छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.