default_image

1 year ago

October 9, 2023

नर्थ क्यारोलिनामा टिम रेड र ग्रिन दशैं कपको फाइनलमा

537 views

0 Bookmark

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– टिम रेड र टिम ग्रिन अमेरिकाको नर्थ क्यारोलिनामा जारी दशैं कप फुटबल (दशै सकर २०२३) प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार भएको सेमिफाइनलमा रेडले टिम एल्लोलाई ४-१ ले र ग्रिनले टिम ब्लुलाई २-१ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

रेडका लागि राजन रेग्मी र योगेश पराजुलीले समान २ गोल र एल्लोका लागि एक मात्र गोल कोशिस अर्जालले गरेका थिए ।

दोस्रो सेमिफाइनलमा ग्रिनलाई जित दिलाउन अगत पाण्डे र सुमन धौभडेलले गोल गरेका थिए। ब्लुका अर्बिन केसीले गोल गरेका थिए।

नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीको सहभागितामा गत सेप्टेम्बर १६ बाट प्रतियोगिता सुरु भएको हो ।

हरेक साताको शनिबार हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा नर्थ क्यारोलिनास्थित एपेक्स नेचरल पार्कको फुटबल मैदानमा संचालन हुनेगरेको छ। फाइनल सोही मैदानमा अक्टुबर १४ को स्थानीय समयानुसार साँझ ७:०० बजे सुरु हुने आयोजकले जनाएको‌ छ।

हरेक वर्ष दशैको अवसरमा संचालन हुने प्रतियोगतामा यसपटक एनआरएनए नर्थ क्यारोलिना च्याप्टरको सहकार्य एवं स्थानिय ड्रिम होम रियल्टी, डिलिजेन्ट ट्राभल, युनिसफ्ट सोलोसन, ट्राएंगल इन्स्योरेन्स एजेन्सी,लगायतका नेपाली व्यवसायिक संस्थाहरु तथा व्यक्तिगत रुपमा भरत सुवेदी, विकास सापकोटा, उत्तम निरौलाको सहयोग रहेको बताइएको छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.