1 year ago
October 9, 2023
एजेन्सी – युवा फरवार्ड लामिन यमल र सर्जी रोबर्टाेको गोलसँगै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।
दुई गोलले पछि परेको स्थिति उल्ट्याएर बार्सिलोनाले घरेलु टोली ग्रानडासँग २–२ गोलको बराबरी खेल्दै हार टारेको हो । घरेलु टोली ग्रानडाका ब्रायन जारागोजाले दुवै गोल गरेपनि जितकाे लागि पर्याप्त भएन । ग्रानडामा आइतबार राति भएको खेलमा बार्सिलोना २९ मिनेटभित्रै दुई गोलले पछि परेको थियो ।
खेलको १७ सेकेन्डमै ब्रायनले लुकास बोएको पासमा गोल गर्दै ग्रानडालाई १–० को अग्रता दिलाए । उनै ब्रायनले २९औं मिनेटमा जेरार्ड गुम्वाउको पासमा गोल गरेपछि बार्सिलोना खेलमा २–० ले पछि पर्यो ।
तर, बार्सिलोनाले खेलमा हार मानेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए ।
ग्रानडाविरुद्धको गोलसँगै यमल ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष ८७ दिनमा गोल गर्न सफल भएका हुन् । यसअघि ला लिगामा यो कीर्तिमान सन् २०१२ मा फाब्रिस ओलिंगाले १६ वर्ष ९८ दिनमा मालगाबाट गोल गर्दै राखेका थिए ।
त्यसपछि ८५औं मिनेटमा परिवर्तित खेलाडी सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनाको हार टारे । ६१औं मिनेटमा फर्मिन लोपेजको स्थानमा मैदान छिरेका रोबर्टाेले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए ।
सन् २०२१ को फेब्रुअरीमा भएको कोपा डेल रेमा अतिरिक्त समयमा ग्रानडालाई पराजित गरेयता बार्सिलोनाले पछिल्लो चार खेलमा ग्रानडालाई हराउन सकेको छैन ।
यस बराबरीसँगै बार्सिलोनाले ला लिगामा अपराजित यात्रा कायमै राख्न सफल भएको छ । ला लिगामा एक्लो अपराजित टोली रहेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग ३ अंकले पछि परेको छ ।
अपराजित बार्सिलोना ९ खेलबाट ६ जित र ३ बराबरीका साथ २१ अंक जोडेर तेस्रो स्थानमा छ । शीर्षस्थानको रियलको २४ अंक छ । ग्रानडा ९ खेलबाट ६ अंक जोडेर १९औं स्थानमा छ ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]