2 years ago
October 8, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले साविक विजेता म्यानचेस्टर सिटी माथि जित हासिल गरेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ग्याब्रिएल मार्टिनेलीको गोलमा १–० जित निकालेको छ ।
गत सिजनको शीर्ष दुई टोली बीचको खेललाई उत्सुकताका साथ हेरिएको थियो । अन्त्यमा आर्सनलले बाजी मार्यो । आर्सनलले सिटी फरवार्डहरुलाई गोलका स्पष्ट मौकाहरु बनाउनबाट रोक्यो । नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डलाई गोलका लागि सर्ट प्रहार गर्नबाट असफल बनायो ।
आर्सनल अरु खेलहरु भन्दा केही संयमित भएर खेलेको थियो । खेलमा गोल भने ७६औं मिनेटमा निस्केको थियो । पेनाल्टी बक्सको बाहिरबाट मार्टिनेलीले गरेको शसक्त प्रहारमा बल नेथन आकेको अनुहारमा लागेर गोलमा परिणत भएको थियो । सिटीका गोलकिपर एडेरसनले त्यो प्रहारलाई रोक्न कुनै मौका पाएनन् ।
जित पछि आर्सनल २० अंक सहित तालिकाको दोस्रो उक्लेको छ । समान २० अंक रहेको टोटेनहम समान गोल अन्तर भएपनि बढी गोलका कारण शीर्षस्थानमा छ । यो सिजन शीर्ष २ टोलीले कुनै खेल हारेका छैनन् । पराजित सिटी १८ अंक सहित तेस्रो स्थानमा झरेको छ । सिटीले ८ खेलमा ६ जित र २ हार बेहोरेको छ ।
April 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) ले पन्जाब किंग्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ। वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो। आरसिबीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। तर रोयल च्यालेन्जर्सले निराशाजनक […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार बाँकेस्थित नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान १-१ गोल गरे । आर्मीलाई […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]