8 years ago
January 20, 2017
१५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता
पहिलो चरणको चौथो खेल, ७ माघ २०७३
पोखरा रंगशाला
नेपाल पुलिस क्बल १–१ सिएमजी क्लब संकटा
नेपाल पुलिस क्लब – दीनेश यादव (गोलकिपर), सुरज विक, रविन श्रेष्ठ, अजित भण्डारी, विक्रम धिमाल, भोला सिलवाल, रवि पासवान, बुद्ध लामा, दिनेश गुरुङ, जुमानु राई(कप्तान)
सिएमजी क्लब संकटा– विनय श्रेष्ठ (गोलकिपर), सरोज दहाल, रविन सिलावल (कप्तान),जनक कार्की, अमित तामाङ, सुशिल केसी, विश्व अधिकारी, निराजन खड्का, विश्वास श्रेष्ठ, दीपेश श्रेष्ठ
ताजा अपडेटका लागि रिफ्रेस गर्नुहोला ।
८६’– विश्वको प्रहार पुलिसका गोलकिपर दीपेशले रोके, त्यहि रिबाउन्डमा नजिकबाट अनिलले गोल गरेका थिए ।
८६’– गोल…………………… संकटाका लागि अनिल गुरुङले गोल गरेका छन् । संकटा २–१ पुलिस
७७’– पुलिसका तीर्थ क्रसमा बुद्धले नजिकबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिर
७५’– संकटा यसअघिका दुई पटकको सहभागितामा जस्तै पहिलो खेल जितेर क्वार्टरफाइनल पुग्न सफल होला ?
७३’–अघिल्लो बर्ष जस्तै पुलिस पहिलो चरणबाटै बाहरिएला की विजयी गोल गर्ला ?
६४’– झन्डै ३० यार्डबाट विश्व अधिकारीले फ्रिकिकमा गोल गरेका हुन् । उनको प्रहारमा आएको बल पुलिसका गोललकिपर दीपेश यादवले ठम्माउन सकेनन् । पुलिस ११ संकटा
६४’– गोल……………………. संकटाले बराबरी गोल फर्काएको छ ।
६०’– खेलमा अर्को गोल भएको छैन । दुवै टोलीले आक्रमण गर्न सकेका छैनन् । पुलिस १–० संकटा
४६’– दोस्रो हाफ सुरु भएको छ । पुलिस १–० संकटा
पहिलो हाफ समाप्त भएको छ । पुलिस १-० संकटा
४५’– इन्जुरी समय २ मिनेट थपिएको छ । पुलिस १-० संकटा
३३’– पुलिसका रवि पासवानले क्रस गरेको बल गोलमा परिणत भएको थियो
३३’– गोल…………………….. पुलिसले अग्रता लिएको छ
३३’– संकटाका विश्वासले पेनाल्टी बक्सबाहिरबाट गरेको फितलो प्रहार, पुलिसका गोलकिपर दीपेशले सहजै नियन्त्रणमा लिए
३०’–२०५८ को क्याराभानसहित पुलिसले अहिले सम्म आहा गोल्डकपमा ८ पटक फाइनल खेलेको थियो ।
२६’– पेनाल्टी बक्सको केही बाहिरबाट भोलाको प्रहार । पोस्टको माथिबाट बाहिर
२५’– गोल भएको छैन । संकटा यसअघि दुई पटकको सहभागितामा क्वार्टरफाइनलबाट बाहिरिएको थियो
१७’– संकटाका दीपेशले एक्लै अघि बढाउँदै पोस्ट नजिकबाट गरेको क्रस पुलिसका गोलकिपर दीपेशले नियन्त्रणमा लिए
पुलिस आहा रारा गोल्डकपको सबैभन्दा सफल टोली हो । क्याराभानसहित पुलिस पोखरामा पाँच पटक च्याम्पियन बनेको थियो ।
१०’– गोलरहित बराबरी । दुवै टोलीबाट खासै आक्रमण हुन सकेको छैन
१’– खेल सुरु भएको छ
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]