default_image

11 months ago

October 8, 2023

जिरुड गोलरक्षक बनेको खेलमा मिलानकाे जित

6589 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम सात मिनेट फरवार्ड ओलिभर जिरुड गोलरक्षक बनेको खेलमा एसी मिलान इटालियन सिरी ‘ए’ मा विजयी भएको छ ।

१० खेलाडीमा समेटिएको मिलानले १० खेलाडीमै समेटिएको जिनोआलाई १–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको हो ।

मिलानको जितमा दोस्रो हाफमा क्रिस्टियन पुलिसिचले गरेको गोल नै निर्णायक बन्यो । जेनोभामा शनिबार राति भएको खेलमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका पुलिसिचले खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएका थिए । पुलिसिच ४६औं मिनेटमा स्यामुयल चुकुविजीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा गोलरक्षक माइक मेइगनान सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा समेटिन पुगेको थियो । भिडियो सहायक रेफ्रीले कालेब इकुबानलाई बक्स बाहिर समातेको ठहर गरेपछि मेइगनानलाई सिधा रातो देखाइएको थियो ।

मिलानले आफ्नो सबै पाँच खेलाडी परिवर्तन गरिसकेका कारण अन्तिम सात मिनेट फरवार्ड जिरुडले पोस्ट सम्हालेका थिए । उनले खेलको अन्तिम समयमा केही उत्कृष्ट बचाउँ गर्दै मिलानलाई महत्वपूर्ण ३ अंक दिलाए ।

जिनोआ पनि इन्ज्युरी समयको थप गरिएको १३औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । युनुस मुसाहलाई फउल गरेका कारण रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै गोलरक्षक जोसेफ मार्टिनेजलाई मैदान बाहिर पठाएका थिए ।

यस जितले मिलान ८ खेलबाट ७ जित र एक हारका साथ २१ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै इन्टर मिलानको १९ तथा युभेन्ट्सको १७ अंक छ । पराजित जिनोआ ८ खेलबाट ८ अंक जोडेर १५औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा बोलोग्नासँग २–२ गोलको बराबरीमा रोकिएको छ । इन्टरले दुइ गाेलकाे अग्रता जाेगाउन नसक्दा बराबरीमा राेकिन बाध्य बनेकाे हाे ।

इन्टरका फ्रान्सिस्को एसर्वी र लोउटारो मार्टिनेजले गोल गर्दा बोलोग्नाका रिकार्डाे ओर्साेलिनी र जोसुवा जिर्कजीले बराबरी गोल फर्काए ।

अर्काे खेलमा युभेन्टसले फेडेरिको गाट्टी र अर्काडिउस मिलिकको गोलमा टुरिन डर्बीमा टोरिनोलाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्स शीर्ष स्थानको मिलानभन्दा ४ अंकले पछि छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.