default_image

11 months ago

October 7, 2023

रियल म्याड्रिडको सानदार जित

1177 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले ओसासुनालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । रियलको जितमा सानदार फर्ममा जुड बेलिङघमले २ तथा भिनिसियस जुनियर र जोसेलुले समान १ गोल गरे ।

बेलिङघमले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले ड्यानी कार्भाहालको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा बेलिङघमले नै अर्को गोल गर्दै अग्रता दोब्बर बनाए । उनले फेडे भाल्भर्डे सँग वान–टु खेल्दै बक्स भित्र बाट गोल गरेका थिए।

भिनिसियस जुनियरले ६५औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । उनले पनि भाल्भर्डेकै पासमा गोल गरेका हुन् । चौथो गोल भने स्ट्राइकर जोसेलुले ७०औं मिनेटमा गरेका हुन् ।

जोसेलुले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्ने मौका भने खेर फालेका थिए । ८४औं मिनेटमा ओसासुना गोलरक्षकले उनको पेनाल्टी विफल पारेका थिए ।

जित पछि रियल ९ खेलमा २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । हार बेहोरेको ओसासुन भने १० अंक सहित ११औं स्थानमा छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.