default_image

1 year ago

October 7, 2023

टोटनहमको कठिन जित

1011 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबारको पहिलो खेलमा १० खेलाडीमा सिमित टोटेनहम हटस्परले लुटन टाउन माथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

मिकी भ्यान डे भेनको ५४औं मिनेट गरेको गोलमा टोटेनहम विजयी भएको हो । जेम्स म्याडिसनको पासमा डे भेनले गोल गर्दै अग्रता दिलाएका थिए । त्यहि गोलल जीतका लागि पर्याप्त बन्यो ।

पहिलो हाफको अन्तिम समयमा यवेस बिसुमाले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टोटनहम १० खेलाडीमा सिमित भएको थियो ।

जित पछि टोटनहम प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ८ खेलमा टोटनहमको २० अंक पुगेको छ । लुटन ८ खेलमा ४ अंकसहित १८ औं स्थानमा छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.