default_image

11 months ago

October 7, 2023

साउदी अरेबियाको विश्वकप आयोजनाको प्रस्तावमा एन्फाको समर्थन

659 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०३४ को आयोजनाको लागि साउदी अरेबियाको प्रस्तावलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समर्थन गरेको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङद्वारा जारी पत्रमार्फत साउदीलाई बलियो समर्थन रहेको उल्लेख ।

एन्फाको पत्रमा भनिएको छ ,’फिफा विश्वकपको इतिहासमा साउदी अरेबियाले अमिट छाप छोड्नेछ भन्नेमा हामी दृढ विश्वास गर्छौं । हामी साउदी अरेबियाको समर्थनमा प्रस्तावको प्रक्रियालाई उत्सुकतापूर्वक हेरिरहेका छौं । २०३४ मा ऐतिहासिक र स्मरणीय विश्वकपको आयोजनाको सम्भावनाको बारेमा उत्साहित छौं ।’

साउदी अरेबिया फुटबल संघले यसै हप्ता विश्वको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताको आयोजना अधिकारको लागि प्रस्ताव गर्ने आफ्नो योजना सार्वजनिक गरेको थियो । साउदीले राज्यको चलिरहेको सामाजिक र आर्थिक रूपान्तरणबाट प्रेरणालाई उद्धृत गरेको छ । फुटबलको लागि राष्ट्रको गहिरो चासो रहेको दृष्टान्त प्रस्तुत गरेको छ ।

यसैक्रममा साउदी क्लबहरुले विश्वस्तरीय पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो, ब्राजिलियन स्टार नेयमार लगायत अन्तर्राष्ट्रिय फुटबल स्तापित खेलाडीलाई भित्राएका छन् । यो कदमले साउदी फुटबलमा विश्व फुटबलप्रेमीहरुको चासो बढेको छ ।

गत वर्ष फिफा विश्वकप आयोजना गर्ने कतार पहिलो मध्य पूर्वी देश बनेको थियो । जसले विश्वभर फुटबलप्रेमीहरूलाई आकर्षित गर्न सफल भएको थियो। कतारको गर्मीबाट बच्न जुन र जुलाईको परम्परागत महिनाको सट्टा नोभेम्बर र डिसेम्बरमा विश्व कप आयोजना गरिएको थियो ।

साउदी अरेबियाले आयोजकको अधिकार पाएमा फेरि विश्वकप नोभेम्बेर र डिसेम्बरमा आयोजना हुने सम्भावना रहन्छ । यसै वर्षको फिफा क्लब विश्वकप २०२३ र एएफसी एसियन कप २०२७ को आयोजनाले साउदी अरेबियाले ठूला प्रतियोगिता आयोजनाको अनुभव बटुल्नेछ । जसले विश्व कप आयोजनाको प्रस्तावलाई समर्थन प्राप्त गर्न बल पुग्ने विश्वास गरिएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.