default_image

11 months ago

October 7, 2023

पूर्व कप्तान खड्काले ‘अन्जिला’ फिल्ममा खेल्ने

1089 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवंम हरि खड्काले फिल्ममा अभिनय गर्ने भएका छन् । महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिलामार्फत खड्काले फिल्ममा डेब्यू गर्ने भएका हुन् ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ र खड्काबीच शुक्रबार फिल्मका लागि सम्झौता भएको हो । उनले फिल्ममा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

‘प्रेम श्रेष्ठले पहिला देखि नै भन्नुभएको थियो । तर मैले गर्ने नगर्ने निर्णय लिन सकिरहेको थिइन्, खड्काले भने, निर्देशकसँगको सल्लाहपछि फेरि उहाँले प्रस्ताव गर्नुभयो । आफूले वास्तविक जीवनमै निर्वाह गरिरहेको भूमिकामा अभियन गर्ने प्रस्ताव आएपछि सहज होला भन्ने विश्वासमा तयार भएको हु । ’

वास्तविकतामा आधारित भएको फिल्म भएकोले खड्कालाई राष्ट्रिय टोलीको प्रशिक्षककै भूमिकामा खेलाउँदा उपयुक्त देखेर प्रस्ताव गरेका हौं,’ निर्माता श्रेष्ठले भने, ‘उहाँमा अभियन गर्ने आत्मविश्वास पनि देखिन्छ ।’

खड्काले यसअघि कप्तानमा पनि पर्दा पछाडि रहेर सहयोग गरेका थिए । खड्का महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पनि हुन् । देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई मध्ये खड्का एक हुन् । उनले र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् । तीन वर्षअघि हिमालयन टेलिभजिनको डान्सिङ विद द स्टार्स नेपालमा पनि खड्काले भाग लिएका थिए ।

अन्जिला निर्माणको घोषणा २०७८ चैत ८ गते भएको थियो । फिल्ममा अञ्जिलाको भूमिका एन्जिलाले नै निर्वाह गर्नेछिन् ।
केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्नेछन् । एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने घोषणाका क्रममा बताइएको थियो ।

श्रेष्ठ र केन्द्र लिम्बु निर्माता रहेको फिल्ममा सह निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन् । फिल्मको निर्देशक मिलन चाम्स हुन् । फिल्म छायाङ्कन गत वर्षबाटै गर्ने भनिएपनि कात्तिक १० गतेबाट फिल्म निर्माण सुरु गर्ने निर्माता श्रेष्ठले जानकारी दिए । फिल्म इलामको फिक्कल र काठमाडौंमा छायाङ्कन गर्ने बताइएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.