default_image

11 months ago

October 4, 2023

एन्फा अध्यक्ष बर्खास्तको प्रस्ताव विशेष साधारणमा लगिने

1407 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय भन्दा झण्डै ६ घन्टापछि बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठकले दुई वटा विषयमा निर्णय गरेको छ ।

सदस्य मनिष जोशीको उपस्थिति पछि कोरम पुगेको बैठकले कात्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्ने गरेको छ । २१ सदस्यीय कार्यसमितिमा समान १० र १० अनुपस्थित बैठकको अन्त्यमा जोशीको प्रवेश कोरम पुगेको थियो ।

साधारण सभामा एक मात्र विषय सुचीका रुपमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको छ । भदै २५ गते एन्फका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थियो ।

सो प्रस्तावबारेमा कानुनी परमर्शका लागि एन्फाले आफ्नो अनुशासन समितिमा पठाएको छ । सदस्यहरुको मागलाई सम्बोधन गर्ने क्रममा एन्फाले विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । महासचिवको हकमा राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकोले महासचिवको बर्खास्त प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निर्ण पनि बैठकले गरेको छ ।

वरिष्ठ उपाध्यक्ष खड्का दुई उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसी सहित सदस्यहरुमा रुपेश अधिकारी, रविन चन्द , रमेश व्यन्जनकार, पेमा डोल्मा लामा , मणिराज विष्ट, भोजराज शाही, अनिल मल्ल बैठकमा उपस्थित भएनन् ।

अध्यक्ष नेम्बाङ, दुई उपाध्यक्ष दीपक खतिवडा, दावा लामा सदस्यहरु महेन्द्र विष्ट, दीपेन्द्र धिमाल भरतबहादुर बुढ थापा, सरिला श्रेष्ठ , पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, टिकाराम लामा र अन्त्यमा जोशी उपस्थित भएपछि बैठक सम्भव भएको थियो ।

त्यस्तै बैठकले असोज २५ गते हुने फिफा विश्व कप छनोटको तयारीको संयोजकको जिम्मेवारी उपाध्यक्ष दिपक खतिवडालाई दिएको छ । त्यस्तै प्रतियोगिताको टिकेटिङ एन्फाले नै गर्ने भएको छ । विश्व कप छनोटको खेलका लागि सामान्य पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

टिकट व्यवस्थापनका लागि एन्फा केन्द्रिय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी तोकिएको एन्फाले जनाएको छ । नेपााल र लाओसबीच असोज २५ गते दशरथ रंगशालामा विश्व कप छनोटको पहिलो लेग हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.