default_image

11 months ago

October 1, 2023

झापा एफसी र नाडाबीच सहकार्य

365 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ ।

झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले हाले सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुरु गरेको छ ।

‘नेपाली फुटबललाई थप व्यवसायिक बनाउने भिजन र लामो समय देखि फुटबल विकासमा अहोरात्र खटिरहेको व्यवस्थापन टिम भएकै कारण झापासँग जोडिएका हौं,’ नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत विवेक विक्रान्त अधिकारीले भने ।

सम्झौतामा झापा एफ.सी. को तर्फबाट टेक्निकल डाइरेक्टर मनोज बुर्लाकोटी र सेन्टरका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकारीले हस्ताक्षर गरे । नाडाले मुख्यतः इन्जुरी प्रिभेन्सन, ट्रिटमेन्ट, रिह्याबिलिटेसन, पर्फरमेन्स इन्हेन्समेन्टमा काम गर्दै आएको छ ।

‘हामीले खेलाडीको फिटनेसलाई लिएर ध्यान दिएका छौं । नाडासँगको सम्झौता हाम्रो लिग जित्ने अभियानमा निकै महत्वपूर्ण हुनेछ । नाडासँगको सहकार्यले खेलाडी तथा टिममा छुट्टै उर्जा मिलेको महसुस भएको छ,’ झापाका अध्यक्ष अर्पण विक्रम खड्काले भने ।

झापा एफ.सी. दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोली मध्ये एक हो । मार्की खेलाडीको रूपमा अञ्जन बिष्टलाई अनुबन्ध गरेको झापाले अक्सनबाट लाकेन लिम्बु, अनिश देउला, छिरिङ लामा, सुमित श्रेष्ठ, लक्ष्मण रूचाल, योगेश गुरूङ, अशोक खवास, प्रशान्त लक्षम लगायतका खेलाडी लिएको थियो । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा सुरु हुँदैछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.