default_image

1 year ago

September 30, 2023

साफ यु १९ फाइनल- भारतको अग्रता

1269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ यु १९ च्याम्पियनसिपले भारतले अग्रता लिएको छ । पाकिस्तानविरुद्धको फाइनलमा भारतले ६४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी फाइनलमा परिवर्तित खेलाडीले मागेलथाङ किपगेनले गोल गर्दै टोलीलााई अग्रता लिएका हुन् ।
भारत साफ यु १९ को उपाधि तेस्रो पटक जित्ने प्रयासमा छ भने पाकिस्तानको यो पहिलो सहभागिता हो ।

सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका हुन्।

भारतले समूह चरणमा बंगलादेश माथि ३–० जित हासिल गरेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा घरेलु टोली नेपाललाई १–० ले हराउँदा दोस्रो खेलमा भने माल्दिभ्स सँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

भारत र नेपालले समान २ यो उमेर समूहको साफ उपाधि जितेका छन् । भारतसँग आज जित निकाल्दै नेपाल भन्दा अगाडि जाने अवसर रहेको छ ।

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

Success

Thank you for your time.