default_image

1 year ago

September 30, 2023

साफ यु १९ फाइनल -भारत र पाकिस्तान भिड्दै

538 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपको उपाधिका लागि आज साँझ भारत र पाकिस्तान भिड्दै छन् । दशरथ रंगशालामा खेल नेपाली समय अनुसार ५ः३० बजे सुरु हुनेछ ।

सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका हुन्।

भारतले समूह चरणमा बंगलादेश माथि ३–० जित हासिल गरेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा घरेलु टोली नेपाललाई १–० ले हराउँदा दोस्रो खेलमा भने माल्दिभ्स सँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो । भारत भने दुई पटकको विजेता हो । भारत र नेपालले समान २ यो उमेर समूहको साफ उपाधि जितेका छन् । भारतसँग आज जित निकाल्दै नेपाल भन्दाा अगाडि जाने अवसर रहेको छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.