default_image

1 year ago

September 30, 2023

सनिस किन्न एनएसएलका ८ टोलीको प्रयास

966 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका नियमित डिफेन्डर मध्येका एक सनिस श्रेष्ठलाई ललितपुर सिटी एफसीले भित्राउन सफल भएको छ ।

काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच सनिस ललितपुरमा अनुबन्धित भएका हुन्।

ए ग्रेडमा रहेका सनिसको न्यूनतम मूल्य १ लाख ५० हजार रहेको थियो। उनका लागि धनगढी बाहेकका आठ टोलीले ३ लाख ५० हजारको उच्चतम मूल्यमा किन्नका लागि घम्साघम्सी गरेका थिए । अन्त्यमा गोलाप्रथाबाट ललितपुरले उनलाई हात पार्यो ।

सनिसले गत दुई सिजन सहिद स्मारक ए डिभिजन लिग एपीएफ क्लबमा बिताएका थिए । दुई सिजन भरी ३८ खेलमा उनको ३ गोल र १ असिष्ट रहेको छ थियो । राष्ट्रिय टोलीबाट ८ खेल खेलेका उनले गत मार्चमा लाओस विरुद्ध काठमाडौंमा डेब्यु गरेका थिए।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.