default_image

1 year ago

September 30, 2023

लाकेन किन्न ९ टोलीबीच प्रतिस्पर्धा, को रह्यो भाग्यमानी ?

8675 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बुलाई नेपाल सुपर लिग (एनएसएल) मा सबै क्लबले किन्न इच्छा देखाएका छन् ।

अक्सनको गोलाप्रथामा नयाँ टोली मध्यको एक झापा एफसीमा अनुबन्धित भएका छन् । काठमाडौंको हायात प्लेसमा चलिरहेको अक्सनका बीच लाकेन झापामा अनुबन्धित भएका हुन् ।

ए ग्रेडमा रहेका लाकेनको न्यूनतम मूल्य १ लाख ५० हजार रहेको थियो । उनका लागि सबै नौं टोलीले ३ लाख ५० हजारको उच्चतम मूल्यमा किन्नका लागि घम्साघम्सी गरेका थिए । अन्त्यमा गोलाप्रथाबाट झापा एफसीले उनलाई हात पार्यो।

दोस्रो संस्करणका लागि भइसकेको अक्सनमा पनि थ्री स्टार क्लबका लाकेन झापामै अनुबन्ध भएका थिए । राष्ट्रिय टोलीबाट उनले ६ खेल खेलिसकेका छन् । उनले ६ खेलमा १ अशिष्ट गरेका छन् । फिलिपिन्स विरुद्ध गत जुनमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

गत दुई सिजन उनले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबका बिताएका थिए । दुई सिजन भरी ३४ खेलमा उनको ३ गोल र ५ अशिष्ट रहेको छ । सिंगापुरमा जन्मिएर हुर्केका उनले आफ्नो फुटबल क्यारियर सिंगापुरमा नै सुरु गरेका थिए।

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो। विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेट सट […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

Success

Thank you for your time.