1 year ago
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटसल टोलीका कप्तान मणी कुमार लामा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी बाट खेल्ने भएका छन् ।
बुटवलको मणिलाई जारी रहेको एनएसएल अक्सनमा उनलाई किन्न सफल भएको हो । नेपाल राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरिसकेका मणी ए ग्रेडमा थिए । उनलाई बुटवलले न्यूनतम १ लाख ५० हजारमा अनुबन्ध गर्न सफल भएको हो ।
मणकिा लागि बुटवल बाहेक अरु कुनै टिमले बोली लगाएनन् । उनले गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबका लागि खेलेका थिए र ३ गोल गरेका थिए।
मणीले राष्ट्रिय फुटबल टोलीलाई एक औपचारिक खेल खेलेका छन्। उनले काठमाडौंमा गत मार्चमा लाओस विरुद्ध खेल्दै डेब्यु गरेका थिए । त्यसपछि भने उनले राष्ट्रिय टोलीबाट कुनै औपचारिक खेल खेलेका छैनन् ।
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]