1 year ago
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठलाई जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन् ।
त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगलाई एनएसएलका ९ टोलीमध्ये कुनै पनि किन्न चाहेनन् । एनएसको पहिलो संस्करणमा उनी पोखरा थन्डर्समा आबद्ध थिए । ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख ५० हजार खर्चिनु पर्ने हुन्थ्यो ।
तर कुनै पनि टोलीले किन्नमा चासो देखाएनन् । तर कुनै पनि टिमले उनलाई आफ्नो टिममा अनुबन्ध गर्न चाहेमा सबै खेलाडीको लिमामी सकिएपछि इच्छा सुची बाट किन्न सक्नेछ । राष्ट्रिय टोलीबाट ५० खेल खेलिसकेका उनले ८ गोल गरेका छन्। उनले गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा ८ गोल र २ असिष्ट गरेका थिए।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]