default_image

1 year ago

September 29, 2023

गोलकिपर विकेश स्पोर्टिङ इलाम डे मेचीको मार्की

888 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका गोलकिपर तथा नेपाल सुपर लिगको पहिलो सिजनका च्याम्पियन विकेश कुथुलाई दोस्रो संस्करणको मार्कीका रुपमा अनुबन्ध गरेको छ ।

तीन नयाँ टोली मध्ये एक इलामले आफ्नो सामाजिक सञ्जालमा कुथुलाई मार्की घोषणा गरेको हो।

त्रिभुवन आर्मी एफसीका नियमित सदस्य रहेका उनले सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो सिजनमा सातवटा क्लिन सिट राखेका थिए ।

विकेशले सन् २०१२ मा क्यामरुनविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले नेपाली राष्ट्रिय टोलीबाट ९ खेल खेलिसकेका छन् भने २ खेलमा क्लिन सिट राखेका छन् ।

एनएसएलको पहिलो संस्करणमा विकेश काठमाडौं रेजर्सका मार्की रहदा उनले टोलीलाई आफ्नो कप्तानीमा उपाधि समेत दिलाएका थिए।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिले संस्करणका ६ र ३ नयाँ गरि कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अन्जन विष्ट, ललितपुरले अनन्त तामाङ र विरगंजले दिप कार्कीलाई मार्की खेलाडी सार्वजनिक गरि सकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.