default_image

1 year ago

September 25, 2023

लिभरपुलको जित, चेल्सी भिल्लासँग पराजित

363 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो ।

लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि जरोड बोवेनले एक सान्त्वना गोल गरेका हुन् ।

जित पछि लिभरपुल छ खेलमा १६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने पराजित वेस्ट ह्याम १० अंक सहित सातौं स्थानमा छ । उता घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा १० जनामा सिमित चेल्सी भने पराजित भएको हो ।

भिल्लाका लागि ओली वाटकिन्सले ७३औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । ५८औं मिनेटमा डिफेन्डर माली गुस्टो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दोस्रो हाफको अधिकांस समय १० खेलाडीमा सीमित भएर खेल्नु परेको थियो ।

पराजित चेल्सीले यस सिजन छ खेलमा मात्र एक जितका साथ १४ औं स्थानमा रहेको छ भने भिल्ला समान छ खेलमा १२ अंक सहित छैटौं स्थानमा छ ।

गएराति नै न्युक्यासलले शेफिल्ड युनाइटेड माथि ८-० जित दर्ता गरेको थियो । आर्सनल र टोटेनहमको खेल पनि २-२ गोलको बराबरीमा टुंगियो । टोटेनहमका कप्तान ह्युङ मिन सनले २ गोल गर्दा आर्सनलका बुकायो साकाले १ तथा अर्को गोल आत्मघाती भएको थियो ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.