1 year ago
September 23, 2023
काठमाडौं – घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनलमा स्थान बनाउन अन्तिम खेलमा माल्दिभ्सलाई हराउनै पर्ने भएकोछ । शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपाललाई जित अनिवार्य बनेको हो ।
नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान २ खेलमा ५ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल र माल्दिभ्सबीचको खेल सोमबार दिउँसो १ : ३० मा दशरथ रंगाशालामा सुरु हुनेछ ।
उक्त खेलमा नेपाल विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । तर नेपाल पराजित भएमा वा बराबरी खेलेको अवस्था पनि बाहिरिने पक्का भएको छ । माल्दिभ्सलाई भने सेमिफाइनलमा पुग्न जित वा बराबरी पर्याप्त हुनेछ ।
समूह बी मा बंगलादेश, भुटान र भारत छन् । समूह बी मा पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४-३ को गोल अन्तरले हराएको थियो ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल बुधबार र फाइनल शनिबार हुनेछ ।
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]