default_image

1 year ago

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

525 views

0 Bookmark

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो ।

जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका थिए ।

नागल्सम्यान आरबी लाइपजिग र बायर्न म्युनिखका पूर्व प्रशिक्षक हुन् । उनी बायर्नको प्रशिक्षकबाट गत मार्चमा बर्खास्त भएका थिए । गत सिजन लिग र सुपर कप उपाधि दिलाएपनि कमजोर सिजनपछि क्लबले उनलाई पदमुक्त गरेको थियो । उनको स्थानमा थोमस टुचेल अहिले बायर्नमा छन् ।

३६ वर्षीय नागल्सम्यानले आफ्नो प्रशिक्षण यात्रा होफेनहाइमबाट सुरु गरेका थिए। त्यहाँ उनले बुन्डेसलिगामा क्लबलाई तेस्रो स्थान हासिल गराउनका साथै च्याम्पियन्स लिगमा समेत पुराएका थिए ।

त्यसपछि लाइपजिगमा गएका उनले च्याम्पियन्स लोग सेमिफाइनल सम्म क्लबलाई पुर्याएका थिए । बायर्नबाट पहिलो सिजनमै बुन्डेसलिगा जितेका उनी गत मार्चमा भने बर्खास्त भएका हुन् ।

धेरै चोटका कारण २० वर्षकै उमेरमा खेलबाट सन्यास लिएका उनले २०१० मा होफेनहाइमको युवा टोलीबाट प्रशिक्षण सुरु गरेका थिए । उनलाई विश्व फुटबलका उत्कृष्ट युवा प्रशिक्षकमध्य गनिन्छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.