1 year ago
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि बीच थुइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एन्जिलाले बचाएपनि रिबाउन्डमा भने उनी बिट भएकी थिइन् ।
त्यसको १० मिनेटपछि अघिल्लो गोल सिर्जना गरेकी थि बीच थुइले गोल गरिन् । बायाँ विंगबाट आएको क्रसलाई उनले पेनाल्टी क्षेत्रभित्र डाइभमार्फत हेडरमा गोल गर्दै २-० को अग्रता दिलाइन् ।
प्रशिक्षक बालगोपाल महर्जनले रेनुका नगरकोटेको कप्तानीमा पहिलो रोजाइमा ५ डिफेन्डर उतारेका थिए । पहिलो हाफमै सरु लिम्बु घाइते भएपछि उनको स्थान प्रिती राईले लिएकी थिइन् । ३० औं मिनेटमा बल खोस्ने प्रयासमा उनको घुँडामा चोट लागेको थियो ।
सुरुवाती रोजाइको डिफेन्समा पुजा राना, समिक्षा घिमिरे, अमृता जैशी, गीता राना र हिरा भुजेल खेल्दा मिडफिल्डमा सरु र रेनुका खेलेका थिए । आक्रमणको जिम्मेवारी पाएकी सावित्रा भण्डारीलाई दिपा शाही र अमिषा कार्कीले साथ दिएका थिए ।
नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानको सामना गर्नेछ । समूहको अन्तिम खेल बंगलादेशसँग विहीबार हुनेछ । हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट ३ उपविजेता अघि बढ्नेछन् ।
भिएतनामविरुद्ध नेपालको टोली : एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), हिरा भुजेल, अमृता जैशी, गीता राना (७२’ विमला चौधरी), समिक्षा घिमिरे, पुजा राना, रेनुका नगरकोटे (कप्तान), सरु लिम्बु (३२’ प्रिती राई (८७’ अनिता केसी)), दिपा शाही (७२’ रेखा पौडेल), अमिषा कार्की, सावित्रा भण्डारी
यो पनि : टेबल टेनिसमा हार, रुविनले जापानी खेलाडीविरुद्ध सेट जिते
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]