1 year ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत पाकिस्तान विरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको छ। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलका लागि आफ्नो सुरुवाती-११ सार्वजनिक गरेका हुन्।
नेपाली टोलीको कप्तानी गोलकिपर जिएरथ शेखले गर्ने छन्। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने छन्।
प्रतियोगिताको उद्घाटन खेलमा भारतले आजै बंगलादेशलाई ३-० ले पराजित गरिसकेको छ।
नेपालको सुरुवाती ११-
जियारथ शेख (कप्तान, गोलकिपर), आयुष तिम्सिना, दीपक थापामगर, निङसाङ पारसङदेन, अश्विन घोरासैनी, समिर तामाङ, कुशल देउवा, निराजन धामी, अनिल बम्जन, हरिस राज भट्ट,अभिनाश साङ्तान ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]