default_image

12 months ago

September 18, 2023

चेल्सी रोकियो, आर्सनलको जित

864 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा चेल्सी बराबरीमा रोकिँदा छिमेकी आर्सनलले जित हासिल गरेको छ ।

बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि चेल्सीले खेलमा अवसर खेर फालेको थियो ।

तेस्रो मिनेटमा कनर ग्यालाघरले लिएको प्रहार गोल हुन सकेन । १३औं मिनेटमा निकोलस ज्याक्सनको प्रहार पोस्टमा लाग्यो ।

१८औं मिनेटमा चेल्सीमा गोलरक्षकले ओउटाराको प्रहार सजिलै बचाउ गरे । ३३औं मिनेटमा ग्यालाघरको अर्को प्रहारलाई बर्नमाउथ गोलरक्षक नेटोले राम्रो बचाउ गरे ।

५०औं मिनेटमा लेवी कोलविलले गरेको गोल अफसाइड हुँदा मान्यता पाएन । स्टर्लिङले लिएको फ्रि-किक पोस्टमा लागेपछि कोलविलको खुट्टामा आएको थियो । तर अफसाइड भएपछि उनी चेल्सीको लागि पहिलो गोल गर्न बाट बञ्चित भए । ६५औं मिनेटमा नेटोले ज्याक्सन र ग्यालाघरको प्रहार लगातार केही सेकेन्डमै विफल पारे।

८०औं मिनेट सोलाङकीको प्रहार सान्चेजले उत्कृष्ट बचाउ गरेर विफल पारे । ८५औं मिनेटमा फेरि पाल्मरको प्रहार नेटोले उत्कृष्ट बचाउ गरे ।

बराबरी पछि पाँच खेलमा एक जित र दुई बराबरी सहित पाँच अंकमा १४औं स्थानमा छ। बर्नमाउथ भने एक जित सहित टिम अंकमा एक स्थान तल छ ।

गएराति नै भएको दोस्रो खेलमा आर्सनलले एभर्टनलाई १-० ले हरायो । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औं मिनेटमा गरेका थिए ।

जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हार सहित चौथो स्थानमा छ । हारेको एभर्टन पाँच खेलमा मात्र एक अंकसहित १८औं स्थानमा रहेको छ। पाँचौं चरणको खेल चलिरहँदा म्यानचेस्टर सिटीको मात्र शत प्रतिशत जित नतिजा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.