8 years ago
January 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्समा ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबबाट बुधबार डेब्यू गर्दैछन् । अर्को महिना सुरु हुने त्यहाँको प्रिमियर लिगका लागि क्लबहरु तयारीमा जुटिसकेका छन् । केही दिनअघि टोलीको अभ्यासमा जुटेका किरणका अनुसार टिसीले आज गत बर्षको लिग विजेता टोली माजिया स्पोर्टस एन्ड रिक्रियसन क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
माल्दिभ्स क्लबसँग एक बर्षको सम्झौतापछि किरण जनवरी ९ मा माल्दिभ्स गएका थिए । किरणको यो दोस्रा विदेशी क्लब हो । उनले सन् २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका थिए । घरेलु फुटबलमा मछिन्द्रबाट व्यवसायिक खेल जीवन सुरु गरेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमा विताएका थिए । पछिल्लो एक बर्षयता उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध थिए ।
किरण सम्मिलित नेपाली टोलीले दुई महिना अघि मलेसियामा एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालको अहिले सम्म ठूलो सफलतामा किरण पहिलो रोजाइमा थिए । सोलिडारिटी कपमा चारै खेल पोस्ट सम्हालेको उनले सेमिफाइनलमा लाउसविरुद्ध पेनाल्टी सुटआउटमा २ वटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप जितेकै कारण २०१९ को एएफसी एसिया कपको छनोट खेल्ने अवसर पाएको छ ।
February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]