default_image

2 years ago

September 17, 2023

बरालको अध्यक्षतामा सहारामा नयाँ समिति चयन

354 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लव पोखराको अध्यक्षमा केशवराज बरालसहित कार्यसमिति निर्विरोध चयन भएका छन् । शनिबार रजत महोत्सव मनाएको सहारा कलबको सोहि दिन भएको १३ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । बराल अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए ।

सहाराको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, रामजी प्रसाद अधिकारी महासचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चुनिए । त्यस्तै सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् ।

सहारा क्लब २०५५ साल भदौ ३० गते स्थापना भएको थियो । आहा रारा पोखरा गोल्ड कप नियमित रुपमा आयोजना गर्दै आएको सहाराले कठिन परिस्थिति र विपन्नबर्गका बालकहरुका लागि एकेडेमी सन्चालन गर्दै आएको छ । रजत महोत्सव मनाउने क्रममा क्लबले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.