default_image

1 year ago

September 16, 2023

टोटेनहमको अविश्वसनीय जित

3832 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा शनिबार सेफिल्ड युनाइटेडविरुद्ध अविश्वसनीय जित दर्ता गरेको छ ।

खेलको ९८ औं मिनेटसम्म १-० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा स्पर्सले २-१ को जित निकालेको हो । ब्राजिलियन फरवार्ड रिचार्लीसनले बेन्चबाट मैदान पसेर १ गोल र १ असिस्टको योगदान दिएपछि टोटेनहमको जित सम्भव भएको थियो ।

खेलको सुरुवातदेखि नै विपक्षी टोलीलाई दबाबमा राखेको टोटेनहमले गोल गर्न भने सकेको थिएन । सेफिल्डका गोलरक्षक फोडरिन्घमले पहिलो हाफमै आधा दर्जन बचाऊ गर्दै घरेलु समर्थकलाई निराश बनाएका थिए ।

दोस्रो हाफमा गुस्ताभो हामरले सेट पिसमा फुस्किएको बलमा गोल गर्दै पाहुना टोलीलाई अघि बढाए । त्यसपछि रक्षात्मक देखिएको सेफिल्ड सिजनको पहिलो जितनजिक पुगेपनि अविश्वसनीय पुनरागमनको शिकार बन्यो ।

थप गरिएको १२ मिनेट समयको नवौं मिनेटमा रिचार्लीसनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत गोल गरे । त्यसको दुई मिनेटपछि उनकै पासमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनहमलाई लगातार जित दिलाए ।

यस जितसँगै ५ खेलमा ४ जित र १ बराबरीसहित टोटेनहम १३ अंक जोडेर दोस्रो स्थानमा छ । सेफिल्ड भने ५ खेल १ अंकका साथ १७ औं स्थानमा रहेको छ ।

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.