default_image

1 year ago

September 13, 2023

बेल्जियम र इटालीको जित

450 views

0 Bookmark

एजेन्सी – यूईएफए युरो २०२४ छनोटको समूह चरणमा मंगलबार बेल्जियम र इटालीले जित हासिल गरेका छन् ।

समूह एफ मा रहेको बेल्जियमले एस्टोनियामाथि ५-० को फराकिलो जित निकालेको हो । बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले दुई, जान भर्टोङ्गन, चार्ल्स डे केटेलेर र लिआन्ड्रो ट्रोसार्डले एक-एक गोल गरेका हुन् ।

बेल्जियम पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ। समान पाँच खेलमा १३ अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अष्ट्रियाले गएराति नै स्वीडेनलाई ३-१ ले हराएको थियो ।

उता समूह सि मा इटालीले युक्रेनलाई २-१ ले पराजित गर्यो । इटालीको जितमा दुवै गोल डाभिडे फ्राटेसीले गरे। युक्रेनका लागि एक सान्त्वना गोल अन्द्रिय यार्मोलेन्कोले गरेका थिए ।

समूहमा इंग्ल्याण्ड पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ। त्यसपछि इटाली, युक्रेन र नर्थ म्यासेडोनियाको समान सात अंक छ । युक्रेनले इटाली र नर्थ म्यासेडोनिया भन्दा एक खेल कम खेलेको छ ।

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.