default_image

12 months ago

September 12, 2023

१६ टोलीले झापा लिग खेल्ने

1374 views

0 Bookmark

हिमाल खरेल , भद्रपुर

भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । भद्रपुर झापा गोल्ड कपको आयोजनामा गत वर्ष फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता भएको थियो ।

लिग मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । लिग १५ दिनसम्म चल्ने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टोेलीले प्रतिस्पर्धा गर्ने छन् । १६ टोलीलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्रात गर्नेछन् । नकआउट चरण प्रवेशपछि प्रत्येक हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका लागि ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.