1 year ago
September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र म्यानमारको राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । म्यानमारको यंगोन अन्तराष्ट्रिय रंगशालामा खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
यि दुई टोलीबीच शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । अन्जन विष्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ ।
गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गर्ने मौका गुमाएका छन् । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोल छ । अन्जनको १२ गोल छ ।
सोही खेलमार्फत त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पी जंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । अर्को महिना लाओसविरुद्ध हुने विश्व कप छनोटको तयारीको सिलसिलामा नेपालले फिफा डेटमा मैत्रीपूर्ण खेल खेलेको हो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]