default_image

8 years ago

January 17, 2017

आयोजक सहारा आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अफ्रिकिन मुलका खेलाडी मार्टिनको २ गोलसँगै आयोजक सहारा गोल्डकप सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सहाराले माघ ८ गते भारतको सिक्किम युनाइटेडसँग अन्तिम चार प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

sahara

पोखरा रंगशालामा मंगलबार मार्टिनले छैटौं मिनेटमा गोल गर्दै साहारालाई अग्रता दिलाएका थिए । उनले वान भर्सेस वानमा गोल गरेका थिए । १२ औं संस्करणको विजेता सहराका अलागि २७ औं मिनेटमा रिटार्ड पुनले अर्को गोल थपेका थिए । क्रसमा आएको बल छातीले नियन्त्रणमा लिदै भलीमा गोल गरेका थिए । ३८ औं मिनेटमा पेनाल्टी बक्समा विपक्षी एक रक्षकलाई छलाएर पिटर सेगुनले गोल गरेका थिए ।

खेल सकिन ८ मिनेट बाँकी रहँदा मार्टिनले शिव सुवेदीको पासमा मार्टिनले अर्को गोल थपेका थिए । सुदूरपश्चिमले कुनै पनि समय खेलमा घरेलु टोलीलाई दबाब दिन सकेन र पहिलो खेलबाट टोली प्रतियोगितबाट बाहिरिएको छ । मार्टिन खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । सहाराका प्रशिक्षक किरण श्रेष्ठले सुरुआतमै गोल गर्न सकेका कारण जित सहज भएको बताएका छन् ।

आहा रारा गोल्ड कपमा बुधबारको खेल
एपिएफविरुद्ध धरान फुटबल क्लब

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

Success

Thank you for your time.