default_image

1 year ago

September 8, 2023

राष्ट्रिय टोलीबाट जिलेस्पी र हिसुबको ‘डेब्यू’

2089 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पी जंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन्। म्यानमारको राजधानी यांगोनमा भएको म्यानमारसँगको मैत्रीपुर्ण खेलमा यी दुई खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको जर्सीमा खेल्ने अवसर प्राप्त गरेका हुन् ।

जिलेस्पीले सुरुवाती ११ मै आफ्नो स्थान बनाउदै पहिलो खेल खेलेका हुन्। जिलेस्पीले गत सिजन मात्र ए डिभिजन लिग खेलेका थिए। उनले गत सिजनको लिगमा ६ गोल गर्न साथै १ असिस्ट समेत गरेका थिए । नेपालका लागि खेलिसकेका जर्ज प्रिन्स कार्कीका भाई जिलेस्पी लेफ्ट विङ्ग र सेन्टर फरवार्ड पोजिसनमा मुख्यतः खेल्ने गर्छन।

जावलाखेल बाट गत सिजन लिग खेलका हिसुबले ८३औ मिनेटमा अन्जन बिस्टका स्थानमा मैदान प्रवेश गर्दै आफ्नो डेब्यु गरेका हुन्। उनले लिगमा ४ गोल गरेका थिए। तेज गति भएका उनी पनि लेफ्ट विङ्ग र सेन्टर फरवार्ड पोजिसनमा मुख्यतः खेल्ने गर्छन् । सरस्वति युथ क्लब बाट पहिले नै ए डिभिजन लिग खेलिसकेका उनले गत सिजन शीर्ष डिभिजनमा पुनरागमन गरेका थिए।

अन्जन विस्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ। यंगोन अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा अन्जनको पेनाल्टी म्यानमारका गोलरक्षकले रोकेपछि नेपाल जित हासिल गर्न बाट चुकेको हो।

६३औं मिनेटमा म्यानमारका राइट–ब्याक फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टीमा गोल गर्ने अवसर प्राप्त गरेको थियो। अन्जन पेनाल्टी प्रहार गर्न अघि सरे तर उनको प्रहार गोलकिपर जिन फ्योले आफ्नो खुट्टाले बचाए। गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बराबरी गर्ने मौका समेत गुमाएका हुन्।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.