default_image

1 year ago

September 8, 2023

मेस्सीको फ्रि-किक गोलमा अर्जेन्टिनाको जित

2614 views

0 Bookmark

एजेन्सी- मेस्सीको फ्रि-किक गोलमा अर्जेन्टिनाको जित दक्षिण अमेरिका फुटबल महासंघ (कनमेबोल) अन्तर्गत २०२६ विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको एकमात्र गोलको मद्दतले इक्वेडरलाई १-० ले पराजित गरेको छ।

अर्जेन्टिनाको इस्टाडियो मोनुमेन्टालमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको एकमात्र गोल मेस्सीले खेलको ७८औं मिनेटमा फ्रि-किक मार्फत गरेका थिए। इक्वेडरका काईसेडोले लौतारो मार्टिनेज लाई बक्स बाहिर लडाएपछि अर्जेन्टिनाले अवसर पाएको थियो। त्यस अवसरमा खरो उत्रिदै मेस्सीले आफ्नो क्यारियरको ६६औं फ्रि-किक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन्।

अर्जेन्टिनाले खेलमा धेरै अवसरहरू भने सृजना गर्न सकेको थिएन। तर फेरिपनि आफ्नो कीर्तिमानी कप्तानको गोलको मद्दतले अर्जेन्टिनाले छनोटमा सुखद सुरुवात गरेको हो। यो गोलसँगै मेस्सीको अन्तराष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ जुन फुटबल इतिहासमा तेस्रो सर्वाधिक गोल संख्या हो।

मेस्सीका अगाडि इरानको अलि डेइ १०९ गोल रहेको छ भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १२३ गोलमा रहेका छन्। यस्तै कनमेबोल अन्तर्गत भएका छनोटमा अन्य खेलमा कोलम्बियाले भेनेजोएलालाई १-० ले नै पराजित गर्यो। यस्तै पराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन्।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.